इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परेका विद्यार्थीहरूसँग सम्पर्कमा रहेको बताएकी छिन्।
प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले गरेको आक्रमणमा परी अहिलेसम्म ९ जना घाइते भएको र २ को अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।
राजदूत रिजालका अनुसार नेपालीहरूको अवस्थाबारे इजरायली परराष्ट्र मन्त्रालय र उद्धार टोलीलाई खबर भइसकेको छ।
एक कृषि फार्मको आवासमा रहेका घाइतेसहित १४ जना विद्यार्थीहरू हमासको घेराबन्दीमा परेका हुन्।
आक्रमण जारी रहेकाले विद्यार्थीहरूलाई सतर्क रहन आग्रह गरेको राजदूत रिजालले बताएकी छिन्।
विद्यार्थीहरूसँग नियमित सम्पर्क भइराखेको पनि राजदूत रिजालले बताइन्। हमासले इजरायलको केही क्षेत्र नियन्त्रणमा लिएकाले उद्धार गर्न कठिनाई भइरहेको नेपाली राजदूतावासले जनाएको छ।
Shares
प्रतिक्रिया