ad ad

ग्लोबल


चीनबाट रकम लिएको आरोप लागेको समाचार वेबसाइट न्युजक्लिकका पत्रकारको घरमा छापा

चीनबाट रकम लिएको आरोप लागेको समाचार वेबसाइट न्युजक्लिकका पत्रकारको घरमा छापा

नेपालखबर
असोज १६, २०८० मंगलबार ११:१, काठमाडौँ

भारतको दिल्ली प्रहरीले मंगलबार बिहान समाचार वेबसाइट न्युजक्लिकसँग सम्बन्धित धेरै पत्रकारको घरमा छापा मारेको छ। 

प्रेस क्लब अफ इन्डियाले भनेको छ, ‘पत्रकार र न्युजक्लिकसँग सम्बन्धित व्यक्तिहरूको घरमा छापा मार्नु अत्यन्त चिन्ताजनक छ। यस विषयमा हामीले निगरानी राखेका छौँ। हामी पत्रकारको साथमा छौँ र थप जानकारी उपलब्ध गराउन सरकारसँग माग गर्दछौँ।’ 

केही समयअघि यो न्युज पोर्टललाई चीनबाट रकम लिएको आरोप लागेको थियो र ईडीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो।

यस प्रकरणमा हालसम्म कसैलाई पनि पक्राउ गरिएको भने छैन। दिल्ली प्रहरीको जवाफ पर्खिरहेको बीबीसी हिन्दीले जनाएको छ। 

पत्रकार अभिसार शर्माले ट्विट गर्दै भनेका छन्, ‘दिल्ली पुलिस मेरो घरमा पुगेको छ। प्रहरीले मेरो ल्यापटप र फोन खोसेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .