ad ad

ग्लोबल


टर्कीको संसद् भवननजिकै विस्फोट

टर्कीको संसद् भवननजिकै विस्फोट

घटनास्थल। तस्बिर : रोयटर्स


नेपालखबर
असोज १४, २०८० आइतबार १३:४५, काठमाडौँ

टर्कीको राजधानी अंकारामा आइतबार संसद् भवननजिकै विस्फोट भएको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीका आन्तरिक मामिला मन्त्रीले भने, ‘दुई आतंकवादीले मन्त्रालयको भवन बाहिर हमला गरे। जवाफी कारबाहीमा एकजना मारिएका छन्, अर्काले आफैंलाई विस्फोटन गरेका छन्।’

आक्रमणमा दुई सुरक्षाकर्मी पनि घाइते भएको आन्तरिक मामिला मन्त्रीले बताए ।

समाचार एजेन्सी एएफपीका अनुसार संसद् भवननजिकै विस्फोट भएको हो।

टर्कीको आन्तरिक मन्त्रालयले भनेको छ, ‘आइतबार बिहान ९.३० बजे दुई आतंककारी गाडीमा आएर मन्त्रालयको गेटनजिकै बम विस्फोट गराए।’

घटनाको विस्तृत जानकारी आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .