ad ad

ग्लोबल


नागोर्नो-काराबाखको तेल भण्डारमा विस्फोट हुँदा २० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

नागोर्नो-काराबाखको तेल भण्डारमा विस्फोट हुँदा २० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

विस्फोटस्थलको तस्बिर : रोयटर्स


नेपालखबर
असोज ९, २०८० मंगलबार २०:२६, काठमाडौँ

अजरबैजानको नागोर्नो-काराबाखमा रहेको एउटा तेल भण्डारमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार अर्मेनियाका स्थानीय अधिकारीहरूले उक्त विस्फोटमा सयौं मानिस घाइते भएको बताएका छन्। 

झण्डै ३०० जनालाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये दर्जनौंको अवस्था चिन्ताजनक छ। 

घटनाको केही समयअघि आर्मेनियाली सरकारले नागोर्नो-काराबाखबाट १३ हजार ३५० शरणार्थी आफ्नो देशमा प्रवेश गरेको बताएको थियो।

बहुसंख्यक आर्मेनियाली मूलका करिब १२०,००० मानिस विवादित क्षेत्र नागोर्नो काराबाखमा बस्छन्।

सोमबार साँझ स्टेपानाकर्ट सहरमा भएको विस्फोटको वास्तविक कारण के थियो भन्ने अझै खुल्न सकेको छैन।

मंगलबार स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित व्यक्तिको शव फेला परेको र अन्य सात जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन्।

घटनास्थल

गत हप्ता अजरबैजानले नागोर्नो-काराबाखलाई कब्जा गरेपछि, येरेभानमा आर्मेनियाली सरकारले युद्धका कारण घरबारविहीन भएका मानिसहरूलाई बसोबास गर्ने योजना बनाएको थियो।

त्यसपछि हजारौं मानिसले उक्त क्षेत्र छाडेको बीबीसीको समाचारमा जनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .