ad ad

ग्लोबल


गुगलका सह-संस्थापकले गरे सम्बन्ध-विच्छेद, उनकी पत्नी एलन मस्कसँग प्रेममा रहेको चर्चा

गुगलका सह-संस्थापकले गरे सम्बन्ध-विच्छेद, उनकी पत्नी एलन मस्कसँग प्रेममा रहेको चर्चा

बायाँ तस्बिर- वाल स्ट्रिट जर्नलले मस्क र सर्गेईबीच मनमुटावको रिपोर्ट गरेपछि सार्वजनिक। जसमा दुवै सँगै देखिएका छन्। दायाँ तस्बिर- गुगलका सह-संस्थापक ब्रिन र उनकी पत्नी शानाहान।


नेपालखबर
भदौ ३१, २०८० आइतबार २०:१७, काठमाडौँ

गुगलका सहसंस्थापक सर्गेई ब्रिनले आफ्नी श्रीमती निकोल शानाहानसँग सम्बन्धविच्छेद गरेका छन्। निकोल पेसाले एक महिला व्यवसायी र वकिल हुन्।  

मिडिया रिपोर्टका अनुसार उनको टेस्लाका संस्थापक एलन मस्कसँग अफेयर छ। तर मस्कले निकोलसँग आफ्नो प्रेम रहेको कुरा अस्वीकार गरेका छन्। 

अदालती कागजातका अनुसार, सर्गेई र निकोलको सम्बन्ध विच्छेद प्रक्रिया मे २६ मा पूरा भएको थियो। उनीहरूका ४ वर्षीया छोरीलाई संयुक्त रूपमा हेर्ने सहमति भएको छ।

फाइल तस्बिर :  निकोल शानाहान र सर्गेई ब्रिन

दुई जनाबीच २०१५ मा डेटिङ सुरु भएको थियो भने २०१८ मा विवाह गरेका थिए।  सर्गेईले पहिलो पत्नी एनी वोजिकीसँग सम्बन्ध विच्छेद गरेपछि मात्र निकोलसँग बिहे गरेका थिए। तर, २०२१ देखि सर्गेई र निकोल अलग बसेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .