ग्लोबल


अर्को अफ्रिकन मुलुक ग्याबोनमा सैन्य कू, निर्वाचित राष्ट्रपतिलाई थुनियो

अर्को अफ्रिकन मुलुक ग्याबोनमा सैन्य कू, निर्वाचित राष्ट्रपतिलाई थुनियो

सिन्ह्वा
भदौ १४, २०८० बिहिबार १२:३८, काठमाडौँ

अर्को अफ्रिकन देश ग्याबोनमा पनि सेनाले कू गरेको छ। यसअघि नाइजरमा सेनाले सत्ता हातमा लिएको  थियो। 

ग्याबोनिज रिपब्लिकन गार्डका कमाण्डर इन चिफ ब्रिस ओलिगुई न्गुइमाले बुधबार राति एउटा विद्रोहपछि मध्य अफ्रिकी देशको संक्रमणकालीन नेताको रुपमा नाम दिइएको थियो।

राष्ट्रिय निर्वाचन आयोगले मंगलबार राष्ट्रपति अलि बोंगोले तेस्रो कार्यकाल जितेको घोषणा गरेको थियो।

तर सेनाले राज्य टेलिभिजनमा चुनावी नतिजा रद्द भएको र बोंगोलाई घरमै नजरबन्द गरेको घोषणा गरेको थियो।

ग्याबोनी सेनाका नेताहरुले सर्वसम्मत भोटबाट न्गुमालाई संस्थाको संक्रमण र पुनःस्थापना समिति (सीटीआरआई) को अध्यक्ष नियुक्ति गर्न सहमत भएको समितिका प्रवक्ता उलरिच मनफोउम्बी मनफोम्बीले बताए।

राष्ट्रपति बोन्गोलाई परिवारका सदस्य र चिकित्सकहरूसँगै राखिएको बताइएको छ। उनको एउटा छोरा राष्ट्रद्रोहको अभियोगमा पक्राउ परेका छन्।

सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरूलाई विघटन गरेको घोषणा गरेको छ।

‘कू’ को समर्थन गर्दै हजारौं मानिस सडकमा निस्केका छन्। अली सन् २००९ मा राष्ट्रपति हुनुभएको थियो । त्यसयता उनी निरन्तर सत्तामा थिए।

उनले सन् १९६७ देखि राष्ट्रपति रहेका आफ्ना पिता ओमारबाट सत्ता प्राप्त गरेका थिए।

बोन्गोको परिवार ग्याबोनमा ५३ वर्षदेखि सत्तामा थियो। पछिल्लो समय देशमा संस्थागत, राजनीतिक, आर्थिक तथा सामाजिक संकट देखापरेकाले ‘कु’ गर्नुपरेको सेनाले दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad