ग्लोबल


चन्द्रयान–३ डिजाइन गर्ने इसरो वैज्ञानिक हुँ भनेर अन्तर्वार्ता दिइरहँदा गिरफ्तार (भिडिओ)

चन्द्रयान–३ डिजाइन गर्ने इसरो वैज्ञानिक हुँ भनेर अन्तर्वार्ता दिइरहँदा गिरफ्तार (भिडिओ)

मितुल त्रिवेदी


नेपालखबर
भदौ १३, २०८० बुधबार ९:४६, काठमाडौँ

भारतस्थित गुजरातको सुरत सहरमा प्रहरीले मंगलबार आफूलाई इसरो वैज्ञानिक भएको दाबी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार मितुल त्रिवेदी नामका व्यक्तिले आफूलाई इसरो वैज्ञानिक बताउँदै मिडियालाई अन्तर्वार्ता दिइरहेका थिए।

#WATCH | Gujarat | On 29th August, the Surat Crime Branch of Police nabbed a man, identified as Mitul Trivedi, who made false claims of being a scientist at the ISRO and also made forged documents for the same. Police say that he has confessed to the crime. pic.twitter.com/zf5IkvVej8

— ANI (@ANI) August 30, 2023

प्रहरी अधिकारीका अनुसार अगस्ट २३ मा चन्द्रयान–३ ले चन्द्रमामा सफ्ट ल्यान्डिङ गरेपछि मितुलले मिडियालाई अन्तर्वार्ता दिन थालेका थिए।

यी अन्तरवार्तापछि उनीविरुद्ध उजुरी परेको थियो।

मितुलले आफूलाई इसरोको सहायक अध्यक्ष भन्थे। यससँग सम्बन्धित नक्कली नियुक्ति पत्र पनि मितुलले जनतालाई देखाएका थिए। 

प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ– अनुसन्धानबाट यो व्यक्तिको चन्द्रयान–३ वा इसरोसँग कुनै सम्बन्ध नभएको र गरिएको दाबी झुटो भएको खुलासा भएको छ। 

प्रहरीका अनुसार मितुलले मानिसहरूलाई इसरोसँग सम्बन्धित नक्कली सन्देश पठाउने गर्दथे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .