ग्लोबल


भारतले रच्यो इतिहास : सफलतापूर्वक चन्द्रमामा अवतरण भयो चन्द्रयान-३

भारतले रच्यो इतिहास : सफलतापूर्वक चन्द्रमामा अवतरण भयो चन्द्रयान-३

नेपालखबर
भदौ ६, २०८० बुधबार १८:४५, काठमाडौँ

भारतलाई चन्द्रम मिसनमा ठूलो सफलता मिलेको छ। चन्द्रयान-३ ले चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेर इतिहास रचेको छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा यानलाई सफलतापूर्वक अवतरण गराउने भारत पहिलो देश बनेको छ।

चन्द्रमामा विक्रम ल्यान्डर को सफ्ट ल्यान्डिङपछि प्रज्ञान रोवर त्यसबाट निस्किएर चन्द्रमाको सतहमा घुम्दै शोध गर्नेछ। यसले भारतलाई महत्वपूर्ण जानकारी मिल्नेछ।

१४ जुलाई दिउँसो २ बजेर ३५ मिनेटमा हरिकोटाबाट उडान भरेको चन्द्रयान-३ ले आफ्नो ४० दिनको लामो यात्रा पूरा गरेको छ।

इसरोले दिएको विवरण अनुसार चन्द्रयान-३ का लागि मुख्य रूपमा तीन उद्देश्य निर्धारित छन्। 

चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डरको सफ्ट ल्यान्डिङ गर्नु, चन्द्रमाको सतह बताइने रेजोलिथमा ल्यान्डरलाई उतार्नु र घुम्नु तथा ल्यान्डर र रोभर्सबाट चन्द्रमाको  सतहमा शोध गर्नु रहेको छ।

 

विक्रमको चन्द्रमाको कक्षबाट अवतरणको यात्रा १५० मिटर, त्यसपछि १३० मिटर, ५० मिटर र चन्द्रमाको सतहमा पुग्नुअघि चन्द्रमानजिक आइपुग्दा तह अनुसार यसको गति घट्दै गएको थियो।  

विक्रम ल्यान्डरले प्रज्ञान रोभरलाई लिएर चन्द्रमाको सतहमा अवतरण गरेको हो । यो भारतका लागि अन्तरिक्ष यात्राको ठूलो फड्को हो। 

भारतले पृथ्वीको एक मात्र प्राकृतिक उपग्रहको दक्षिणतर्फ अवतरण गर्ने पहिलो देशको रूपमा रेकर्ड बनाएको छ। भारत र विश्वभरका अरबौं मानिसहरूले बहुप्रतिक्षित कार्यक्रमलाई नजिकबाट नियालिरहेका छन्। 

विद्यालय र विज्ञान केन्द्रहरू, र सार्वजनिक संस्थानहरू सहित देशभर अवतरणलाई विशेष स्क्रिनिङहरू जडान गरी हेरिएको थियो।

इसरोले आफ्नो वेबसाइट, यसको युट्युब च्यानल, फेसबुक र सार्वजनिक प्रसारक डीडी नेशनल टिभीमा लाइभ कार्यहरू उपलब्ध गराएको थियो।

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को अवतरण (सफ्ट ल्यान्डिङ)का लागि २३ अगस्ट २०२३ (बुधबार) भारतीय समय १८ः०४ बजेलाई निर्धारण गरेको थियो।  निर्धारित समयमा नै अवतरण भएको हो। 

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो। ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो।

भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्‍याएको यो तेस्रो पटक हो। इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .