ad ad

ग्लोबल


इमरान खानलाई रिहा गर्ने फैसला, तर अर्को मुद्दामा फेरि हिरासतमै राखियो

इमरान खानलाई रिहा गर्ने फैसला, तर अर्को मुद्दामा फेरि हिरासतमै राखियो

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८० मंगलबार १५:३०, काठमाडौँ

तोशाखाना प्रकरणमा इस्लामाबाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको सजायमा रोक लगाउँदै जमानतमा रिहा गर्ने फैसला दिएको छ। 

तर अदालतको यो आदेशपछि पनि खान रिहा हुन पाउने छैनन्। उनलाई गोप्य पत्र चोरी केस (साइफर गेट स्क्यान्डल) मा फेरि हिरासतमा लिइएको पाकिस्तानी अनलाइन ‘द डन’ले जनाएको छ।

पूर्व कानून मन्त्री तथा सरकारी वकील अता तराडले जियो न्यूजलाई बताएअनुसार अदालतको फैसलासँगै इमरानको सजाय खारेज भएको छ।

उनलाई जमानत पनि मिलेको छ। तर तत्कालै उनी रिहा हुन पाउने छैनन्। यसको कारण साइफर चोरीको मामिलामा अदालतले जाँच एजेन्सीलाई १४ दिनको समय दिएको छ।

अर्कोतर्फ इमरानका वकिल बाबर अवानले अदालतको फैसलासँगै इमरान फेरि पाकिस्तानको तहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष बनेका छन्। खानलाई ५ अगस्ट ३ वर्षको सजाय सुनाएको थियो। उनी यसबेला अटक जिल्लामा छन्।

खानको वकीलले अदालतसँग जेलबाहिर आउन नदिन उनलाई अर्को केसमा गिरफ्तार गरिएको जनाएका छन्। खानविरुद्ध कयौँ मामिला दर्ता भएका छन्। यिनमा जाँच एजेन्सी उनलाई जुनसुकै बेला गिरफ्तार गर्न सक्छन्।

‘द एक्सप्रेस ट्रिब्युन’ का अनुसार संघीय जाँच एजेन्सी (एफआईए) र नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) को टोली उनलाई कुरिरहेको छ। 

तोशाखाना केसमा इमरानकी पत्नी बुशरा पनि आरोपी छन्। बुशराले पछिल्ला दिनमा जाँच एजेन्सीसामु पेश हुनबाट इन्कार गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .