ad ad

ग्लोबल


अमेरिकाको फ्लोरिडामा ३ जनाको हत्यापछि आक्रमणकारीले हाने आफैँलाई गोली

अमेरिकाको फ्लोरिडामा ३ जनाको हत्यापछि आक्रमणकारीले हाने आफैँलाई गोली

नेपालखबर
भदौ १०, २०८० आइतबार १०:१०, काठमाडौँ

अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिलमा गोली हानी तीन अश्वेत नागरिकको हत्या गरिएको छ। 

बीबीसीका अनुसार तीन जनाको हत्यापछि आक्रमणकारीले आत्महत्या गरेका छन्। 

रिपोर्टअनुसार आक्रमणकारीले डलर जनरल स्टोरमा प्रवेश गरी गोली चलाएका थिए। त्यस क्रममा प्रहरी र आक्रमणकारी आमनेसामने पनि भएका थिए।

आक्रमणकारी करिब २० वर्षका गोरा व्यक्ति रहेको बताइएको छ।

उनको आक्रमणबाट अश्वेत समुदायका दुई पुरुष र एक महिलाको मृत्यु भएको छ।

आक्रमणकारीको नाम अझै खुलाइएको छैन।

प्रहरीका अनुसार आक्रमणकारीसँग हल्का सेमिअटोमेटिक राइफल र एउटा ह्यान्डगन थियो।

यो हमला उनी एक्लैले गरेको र आफूलाई पनि मार्न चाहेको अनुमान गरिएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .