ग्लोबल


इटाली पठाइदिने भनी लिबिया पुर्‍याइएका सत्र भारतीय युवा स्वदेश फिर्ता

इटाली पठाइदिने भनी लिबिया पुर्‍याइएका सत्र भारतीय युवा स्वदेश फिर्ता

नेपालखबर
भदौ ४, २०८० सोमबार २२:११, काठमाडौँ

ट्युनिसियास्थित भारतीय दूतावासले लिवियामा थुनामा रहेका पञ्जाब र हरियाणाका १७ जना भारतीयलाई सकुशल स्वदेश फर्काएको जनाएको छ। 

ट्युनिसियास्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत दिइएको जानकारीमा भनिएको छ, “लिबियास्थित भारतीय दूतावासले पञ्जाब र हरियाणाका १७ जना भारतीय नागरिकलाई आइतबार सकुशल स्वदेश फर्काएको छ। २० अगस्ट २०२३ मा गल्फ एयरको उडानबाट उनीहरू २०ः३० बजे सकुशल भारत पुगेका थिए।’ 

आम आदमी पार्टी ९आप० का राज्यसभा सांसद विक्रमजीत सिंह साहनीले गत महिना त्रिपोली जेलबाट रिहा भएपछि पञ्जाब र हरियाणाका १७ जना युवालाई लिबियाबाट स्वदेश फर्काउन पहल गरेका थिए।

ट्राभल एजेन्टले इटाली पठाइदिने भन्दै ठगी गरेका कारण उनीहरु विगत छ महिनादेखि लिबियामा थिए।

सामाजिक सञ्जाल एक्समा विक्रमजीत सिंह साहनीले पञ्जाबका मुख्यमन्त्री भगवन्त मान र हरियाणाका मुख्यमन्त्री मनोहर लाललाई इटाली जाने योजना बनाएका तर लिबिया पठाइएका यी युवाहरूलाई ठग्ने एजेन्टहरूविरुद्ध तत्काल कारबाही गर्न आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad