ग्लोबल


भारतको मणिपुरपछि हरियाणामा हिंसात्मक झडप, कम्तीमा ४ जनाको मृत्यु

भारतको मणिपुरपछि हरियाणामा हिंसात्मक झडप, कम्तीमा ४ जनाको मृत्यु

नेपालखबर
साउन १६, २०८० मंगलबार ११:३४, काठमाडौँ

भारतको मणिपुर राज्यमा भएको जातीय हिंसामा ४ सय बढीले ज्यान गुमाइरहेका बेला अर्को राज्यमा पनि त्यस्तै अवस्था सिर्जना भएको छ। 

भारतको अर्को राज्य हरियाणाको नुन्हमा विश्व हिन्दू परिषदको ब्रज मण्डल यात्राका क्रममा हिंसा हुँदा ४ जनाले ज्यान गुमाएका छन्। 

नुन्हमा दुई दिनका लागि कर्फ्यु नै लगाइएको छ। अवस्था नियन्त्रणमा लिन पूरै क्षेत्रमा प्यारामिलिट्रीको १३ कम्पनी तैनाथ गरिएको छ। 

नुन्हसँगै जोडिएको राजस्थानको भरतपुरमा पनि उच्च सतर्कताको अवस्था जारी गरिएको छ। यहाँका चारवटा क्षेत्रमा इन्टरनेट काटिएको छ।

अहिले नुन्ह (मेवात) पछि हिंसा गुरुग्रामसम्म फैलिएको छ। जसलाई देखेर यी जिल्लाका अलावा एहतियातन रेवाडी, पलवल, फरिदाबादसमेत ५ जिल्लामा धारा १४४ लागु गरिएको छ। इन्टरनेट बन्द भएको छ। नुन्ह, फरिदाबाद र पलवलमा मंगलबार सबै शिक्षण संस्थान र कोचिङ सेन्टर बन्द गरिएको छ।

नुन्हमा सोमबार विश्व हिन्दू परिषदको ब्रज मण्डल यात्राका क्रममा समुदाय विशेषका मानिसले ढुंगामुडा गरेका थिए। यसबाट हिंसा भड्किएको हो। दुवै पक्षमा ढुंगा हानाहान र गोलीसमेत चलेको छ। 

यस क्रममा गुडगाउँको होमगार्ड निरज र गुरसेवकसमेत अहिलेसम्म ४ जनाले ज्यान गुमाएका छन्। घटनामा ५० भन्दा धेरै पुलिस अधिकारी, कर्मचारी र सर्वसाधारण घाइते भएका छन्। 

मंगलवार बिहान झडपका क्रममा मानिसहरुले कयौँ गाडीमा आगो झोसेका छन्। आन्दोलनकारीले तीन किलोमिटर आसपासमा जुनजुन गाडी देखे तिनमा आगो लगाइदिए। त्यसपछि ५०० भन्दा धेरै मानिसले साइबर थानाको पर्खाल भत्काएर भित्र छिरे। उनीहरुले डायल ११२ को गाडी पनि जलाइदिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad