ad ad

ग्लोबल


मूल्य आकाशिएपछि भारतमा टमाटर चोर्ने गिरोह सक्रिय

मूल्य आकाशिएपछि भारतमा टमाटर चोर्ने गिरोह सक्रिय

नेपालखबर
साउन ७, २०८० आइतबार १२:३४, काठमाडौँ

भारतमा टमाटरको मूल्य आकाशिएको छ। यतिबेला भारतमा प्रतिकिलो टमाटरको मूल्य २ सय रुपैयाँ नाघेको छ।

टमाटरको मूल्य यति बढेको छ कि अब भारतमा चोरीका घटना हुन थालेका छन्। समूह नै बनाएर टमाटर चोर्ने गिरोह सक्रिय भएको प्रहरीले बताएको छ।

यस्तै यस्तै एक घटना कर्नाटकको बेंगलुरुमा पनि भएको छ, जहाँ टमाटर भरिएको गाडी चोरी भएपछि समूह नै बनाएर टमाटर चोरी भइरहेको खुलेको छ।

घटना बेंगलुरुको एपीएमसी यार्ड पुलिस स्टेशन क्षेत्रको हो। चित्रदुर्ग जिल्लाको हिरियुरका एक किसान शनिबार मध्यरातमा बोलेरो कारमा लाखौं रुपैयाँ मूल्यको टमाटर बोकेर कोलार बजार जाँदै थिए। बजार जाँदै गर्दा बाटोमा रहेको अर्को कारसँग बोलेरो कार ठोक्कियो। ठक्करबाट कारको सिसा फुट्यो।

त्यसै क्रममा ती व्यक्तिले किसान र चालकलाई जबर्जस्ती गाडीबाट निकालेर टमाटरसहितको गाडी चोरेर भागेको उजुरी पीडितले प्रहरीमा दिएका छन्।

गाडीमा २ सय १० क्यारेट टमाटर भरिएको उजुरीमा भनिएको छ, जसको मूल्य करिब दुई लाख रुपैयाँ छ। उजुरीपछि प्रहरीले चोरी र डकैती अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो।

उक्त घटनामा तमिलनाडुका एक दम्पत्तिलाई पक्राउ परेका छन्।

उनीहरूले जानाजान कारमा ठक्कर दिएर झगडा गरी टमाटरको गाडी चोरेको खुलेको छ। मूल्य बढेसँगै चोरीका घटना बढेको प्रहरीले बताएको छ। पक्राउ परेका दम्पत्तिका ३ जना सहयोगी पनि रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूको खोजी भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .