ग्लोबल


चीनमा २५ बालबालिकालाई जहर खुवाउने शिक्षिकालाई फाँसी दिइयो

चीनमा २५ बालबालिकालाई जहर खुवाउने शिक्षिकालाई फाँसी दिइयो

नेपालखबर
असार ३१, २०८० आइतबार १३:४३, काठमाडौँ

चीनमा बालबालिकालाई जहर खुवाएर मार्न खोज्ने एक शिक्षिकालाई फाँसी दिइएको छ। जियाओजुओस्थित मेङमेङ प्रिस्कूलकी ३९ वर्षीया वाङ युन नामकी शिक्षिकाले जहर दिएर मार्न खोजेको आरोपमा फाँसी दिइएको डेलीमेलले जनाएको छ।

घटना २७ मार्च २०१९ को हो। २५ बालबालिकालाई ती किन्डरगार्टेन शिक्षिकाले खाजा खुवाएपछि २३ जनालाई उल्टी भई अवस्था जटिल बनेको थियो। जसमध्ये एक जना बालकको सोही घटनामा मृत्यु समेत भएको थियो।

पछि प्रहरीले गरेको अनुसन्धानका क्रममा युनले खाजामा जहर मिसाएको खुलेको थियो। स्कुलकी अर्की कर्मचारीसँग भएको झगडापछि ती कर्मचारीलाई फसाउने उद्देश्यका साथ युनले खाजामा सोडियम नाइट्राइट मिसाएकी थिइन्।

सोही आरोपमा जियाओजु अदालतले उनलाई सेप्टेम्बर २०२० मा फाँसीको सजाय सुनाएको थियो।

शुक्रबार अदालतले उनलाई फाँसी दिएको पुष्टि गरेको डेलीमेलले लेखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad