ग्लोबल


युक्रेनको ल्भिभ सहरमा मिसाइल आक्रमण, कम्तीमा ४ जना मारिए

युक्रेनको ल्भिभ सहरमा मिसाइल आक्रमण, कम्तीमा ४ जना मारिए

नेपालखबर
असार २१, २०८० बिहिबार १३:४२, काठमाडौँ

युक्रेनको एक अपार्टमेन्टमा रुसले गरेको मिसाइल प्रहारमा कम्तीमा ४ जना मारिएका छन्। 

युक्रेनको पश्चिमी सहरमा रहेको ल्भिभ सहरको अपार्टमेन्टमा बिहीबार भएको उक्त आक्रमणमा ३२ जना घाइते भएका छन्। जसमा १ जना बालक पनि रहेका छन्।

क्षतिग्रस्त भवनबाट उद्धार टोलीले ६ जनालाई निकालेको छ। बाँकी ६४ जनालाई पनि उद्धार गरिएको छ।

युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले भवनमा अझै केही मानिस ट्र्यापमा परेको अनुमान गरिएको र उद्धारको तयारी भइरहेको बताएका छन्।

रुस युक्रेन सुरु भएयता रुसले मिसाइल आक्रमण गरिरहेका प्रमुख सहरमध्ये एक ल्भिभ पनि हो। केही समयअघि रुसले उक्त क्षेत्रमा ५ वटा मिसाइल हानेको थियो।

बिहीबार रुसले ब्ल्याक सीबाट १० वटा मिसाइल प्रहार गरेको बताइएको छ। जसमध्ये ३ वटा मिसाइल अपार्टमेन्टमा खसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad