भारतको नयाँ दिल्लीस्थित शाहदरा जिल्लाकी एक युवतीले आफूलाई अप्राकृतिक यौन सम्बन्ध गर्न बाध्य बनाएको अभियोगमा आफ्नै श्रीमान्ंविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।
भारतीय अनलाइन अमरउजालाका अनुसार ३० वर्षीया ती युवतीले आफ्ना पतिलाई अश्लील फिल्म हेर्ने लत लागेको र त्यसकै आधारमा आफूलाई अप्राकृतिक यौन सम्बन्ध राख्न दबाब दिने गरेको आरोप लगाएकी छन्।
आफूलाई मनपर्ने पोर्न स्टारजस्तै हुन दबाब दिँदै बिहे गरेको तेस्रो दिनदेखि नै पतिले आफूलाई शारीरिक यातना दिन थालेको ती युवतीले उजुरीमा उल्लेख गरेकी छन्।
उनको उजुरीका आधारमा प्रहरीले ती पुरुषविरुद्ध अप्राकृतिक सम्बन्धको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। उनीहरूबीच २०२० मा विवाह भएको थियो।
पीडित युवतीले उजुरीमा श्रीमान् र उनको परिवारले दाइजो मागेको र मानसिक तथा शारीरिक दुर्व्यवहार गरेको आरोप पनि लगाएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए।
अनुसन्धान प्रारम्भिक चरणमा रहेको र यस विषयमा थप कारबाहीका लागि साक्षीको बयान लिने, डिजिटल र अन्य प्रमाण जुटाउने काम भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया