ग्लोबल


पाकिस्तानमा प्रि-मनसुन वर्षाका कारण १४ जनाको मृत्यु

पाकिस्तानमा प्रि-मनसुन वर्षाका कारण १४ जनाको मृत्यु

नेपालखबर
असार ११, २०८० सोमबार २०:३९, काठमाडौँ

पाकिस्तानका विभिन्न क्षेत्रमा वर्षाका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

पूर्वी पञ्जाव प्रान्तको नारोवाल जिल्लाका उपायुक्त मुहम्मद अशरफका अनुसार आइतबार राति आँधीको समयमा जिल्लामा चट्याङका कारण ६ जनाको ज्यान गएको हो।

यसैगरी राजधानी इस्लामाबादको उपनगरमा रहेको शहजाद टाउन क्षेत्रमा आइतबार राति घरको छाना खस्दा ३ जनाको र प्रदेशका अन्य ठाउँमा थप ९ जनाको मृत्यु भएको बताइएको छ।

प्रान्तीय राजधानी लाहोरका स्थानीय अधिकारीहरूले मुसलधारे वर्षापछि सोमबार बिहान मध्यमस्तरको बाढी आएको र ९० प्रतिशत विद्युत् सेवा अवरुद्ध भएको जनाएका छन्।

प्रि-मनसुन वर्षाले सोमबार बिहान देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरूमा पनि असर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .