ad ad

ग्लोबल


होन्डुरसमा लागूऔषधसम्बन्धी विवाद हुँदा गोली चल्यो, ११ जनाको मृत्यु

होन्डुरसमा लागूऔषधसम्बन्धी विवाद हुँदा गोली चल्यो, ११ जनाको मृत्यु

नेपालखबर
असार ११, २०८० सोमबार १४:१९, काठमाडौँ

होन्डुरोसमा लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेका छन्।

होन्डुरोसको दोस्रो ठूलो शहर सान पेड्रो सुला नजिकैको शहर चोलोमामा सामूहिक गोलाबारी भएको थियो। राष्ट्रिय प्रहरीका प्रवक्ता मिगुएल मार्टिनेजका अनुसार हलमा जन्मदिन मनाइरहेको समयमा बन्दुकधारीहरू भित्र पसेर गोली चलाएका थिए।

उक्त गोली काण्डमा १० जना पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको थियो। प्रत्यक्षदर्शीहरूले पुल हलमा रगताम्य शवहरूको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

उक्त घटनापछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले उक्त सहरमा आइतबार कर्फ्युको घोषणा गरेका छन्। 

क्यास्ट्रोले ट्विटरमा चोलोमा र सान पेड्रो सुलामा आइतबार रातिदेखि राति ९ बजेदेखि बिहान ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .