बिहीबार राति अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा राजकीय भोज आयोजना गरे। जसमा करिब ४ सय अतिथि उपस्थित थिए।
भोजका लागि शाकाहारी परिकार राखिएको थियो। दुवै नेताहरुले मद्यपान गरेनन्। र, यसबारे मजाकसमेत गरे।
‘राम्रो कुरा हामी दुवै मद्यपान गर्दैनौँ,’ बाइडेनले भने।
बाइडेन र मोदीले अदुवाको रसयुक्त पेयका साथ टोस्ट गरेका थिए। सो क्रममा उनले भने, ‘दुई महान् राष्ट्र, दुई महान् मित्र, दुई महान् शक्ति।’
तर, ह्वाइट हाउसको गेटबाहिर अमेरिकाको घरेलु राजनीतिमा रहेको वैमनश्य र विश्वव्यापी राजनीतिको तिक्तता दुवै महसुस गर्न सकिन्थ्यो।
ह्वाइट हाउसबाहिर झरीमा उभिएर प्रदर्शनकारीहरुले मोदीविरुद्ध प्रदर्शन गरे।
यसअघिका राजकीय भोजको तुलनामा सेलेब्रिटीहरु कम थिए। तर, कयौँ भारतीय र भारतीय–अमेरिकीहरु भोजमा सहभागी भए। भोजमा पेप्सीकी पूर्वसीईओ इन्द्रा नुयी, मुकेश अम्बानी, विमल कपुर थिए। चुनाव नजिकिँदै जाँदा बाइडेनका चन्दादाताहरुको बाक्लो उपस्थिति थियो। एप्पलका टिम कुक, जोन मोर्गन, जेम्स मर्डोक, आदि।
भोजमा भायोलिन बजाउन आएका जोसुआ बेललाई मोदीका बारेमा सोधियो। ‘म राजनीतिबाट पर बस्न चाहन्छु। तर, भारतीय संगीत मलाई मन पर्छ,’ एक सैन्य सहयोगीले तानेर लैजानुअघि उनले भने।
भोजको अन्त्यमा मोदीले राजनीतिक कुरा गर्न थाले।
‘तपाईं नरम बोल्नुहुन्छ,’ उनले बाइडेनलाई भने, ‘तर, काम गर्ने सवालमा तपाईं धेरै कडा हुनुहुन्छ।’ न्युयोर्क टाइम्स
Shares
प्रतिक्रिया