ad ad

ग्लोबल


बेलायतका पूर्वप्रधानमन्त्री जोनसनले सांसदबाट पनि राजीनामा दिए, छानबिन जारी

बेलायतका पूर्वप्रधानमन्त्री जोनसनले सांसदबाट पनि राजीनामा दिए, छानबिन जारी

नेपालखबर
जेठ २७, २०८० शनिबार ९:२८, काठमाडौँ

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट पनि राजीनामा दिएका छन्।

उनीविरुद्ध संसदीय विशेष समितिले कोरोनासँग सम्बन्धित विषयमा ढाँटेको आरोपमा छानिबन गरिरहेको छ। कोरोना-१९ को समयमा कोरोनासँग सम्बन्धित सबै मापदण्ड अपनाएको भन्दै ढाँटेको आरोप छ। 

तर जोनसनले यस विषयमा संसदलाई गुमराह गरेका थिए, उनले संसद्‌लाई लकडाउनक पूर्ण रूपमा पालना भएको जानकारी गराएका थिए। जसकारण जोनसन सरकारका ५१ प्रतिशत बढी मन्त्रीले राजीनामा दिएपछि उनी सरकार छाड्न बाध्य भएका थिए।

उक्त आरोपपछि सन् २०२२ अक्टोबर २० मा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। तर उनको सांसद पद यथावत थियो। सांसद रहँदै उनीमाथि संसदीय समितिले छानबिन गरिरहेको थियो।

यसै क्रममा शुक्रबार जोनसनले तत्काल लागू हुनेगरी राजीनामा दिएको समाचार एजेन्सी अल-जजीराले जनाएको छ।

मार्चमा सार्वजनिक विशेषाधिकार समितिको प्रतिवेदनअनुसार, जोनसनले संसदलाई गुमराह गरेको स्वीकार गरेका थिए, तर आफूले जानी-जानी त्यसो नगरेको प्रतिक्रिया उनले दिएका थिए।

संसदीय विशेष समितिले उनीविरुद्ध छानबिन जारी राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .