ad ad

ग्लोबल


चीनले पठायो पहिलो नागरिक अन्तरिक्ष यान

चीनले पठायो पहिलो नागरिक अन्तरिक्ष यान

मंगलबार बिहान ९:३१ बजे चीनबाट चन्द्रमाका लागि उडेको सेन्जो-१६ यान


नेपालखबर
जेठ १६, २०८० मंगलबार ९:२२, काठमाडौँ

चीनले आफ्नो पहिलो मानव नागरिक अन्तरिक्ष यान अन्तरिक्षमा पठाएको छ।

स्थानीय समयअनुसार मंगलबार बिहान ९:३१ सेन्जो-१६ यानले पृथ्वी छाडेको हो। चीनको जिउक्वान भू-उपग्रह प्रक्षेपण केन्द्रमार्फत् आफ्नो स्थायी अन्तरिक्ष स्टेसन तियानगोङमा पठाएको हो। उक्त यानमा तीन सदस्यीय प्रतिनिधि मण्डल छन्।

अनुभवी कमाण्डर जिङ हाइपेङले नेतृत्व गरेको टोलीमा गुई हाईचाओ र झु याङझु रहेका छन्। विमान उडेको १९ मिनेटपछि चीनले प्रक्षेपण सफल भएको घोषणा गरेको छ।

चीनबाट चन्द्रमामा गएका तीन अन्तरिक्ष यात्री

चीनले सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन थाल्ने योजना बनाएको छ। चीनले रूस र अमेरिकासँग प्रतिस्पर्धा गर्नेगरी चन्द्रमाको अन्वेषणमा अर्बौँ लगानी गरिरहेको छ।

चीनले चन्द्रमामा मानव बस्ती बसाल्नका लागि आधार निर्माण गर्ने योजना पनि बनाइरहेको छ। त्यहाँको राष्ट्रिय अन्तरिक्ष प्रशासनले सन् २०२९ सम्ममा मानवयुक्त चन्द्रयान प्रक्षेपण गर्ने लक्ष्य राखेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .