भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धीको पुण्यतिथिमा सोनिया गान्धी र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले वीर भूमि पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
त्यसपछि राहुल गान्धी र प्रियंका गान्धीले पनि वीर भूमि पुगेर राजीव गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।
राजीव गान्धीलाई सम्झँदै राहुल गान्धीले ट्वीटरमा लेखेका छन्, ‘पापा, तपाईं मेरो साथमा प्रेरणाको रूपमा, सम्झनाहरूमा सधैं रहनुहुन्छ!’
राजीवको तमिलनाडुस्थित श्रीपेरुम्बुदुरमा आत्मघाती हमलामा हत्या भएको थियो।
गत वर्ष सर्वोच्च अदालतले राजीव गान्धी हत्याकाण्डमा आजीवन काराबास काटिरहेका ६ जना कैदीलाई रिहा गरेको थियो।
जेठ ७, २०८०, आइतबार
33
Shares
प्रतिक्रिया