ad ad

ग्लोबल


अमृतसरको स्वर्ण मन्दिर नजिक तेस्रो विस्फोट, पाँच जना पक्राउ

अमृतसरको स्वर्ण मन्दिर नजिक तेस्रो विस्फोट, पाँच जना पक्राउ

नेपालखबर
बैशाख २८, २०८० बिहिबार ११:२१, काठमाडौँ

भारतको पञ्जाव राज्यमा पर्ने अमृतसरको स्वर्ण मन्दिरनजिक बुधबार राति फेरि विस्फोट भएको छ।

स्वर्ण मन्दिरनजिकै विगत पहिलो विस्फोट भएको छैटौँ दिनमा पुन: विस्फोट भएको हो। ६ दिनमा तेस्रो पटक विस्फोट भएको हो। 

उक्त क्षेत्रमा २३ वैशाखमा पहिलो र २५ वैशाखमा दोस्रो विस्फोट भएको थियो। तेस्रो विस्फोट बुधबार राति ११ बजे भएको हो।

पञ्जाब प्रहरीले विस्फोटमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले उक्त विषयमा अनुसन्धान गरिरहेको छ भने विस्फोट भएको ठाउँलाई सिल गरिएको छ।

पञ्जाब प्रहरीका अनुसार विस्फोटमा मानवीय क्षति भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .