ad ad

ग्लोबल


मणिपुरमा हिंसाबाट ५४ जनाको मृत्यु, २३ हजार मानिस विस्थापित

मणिपुरमा हिंसाबाट ५४ जनाको मृत्यु, २३ हजार मानिस विस्थापित

नेपालखबर
बैशाख २४, २०८० आइतबार २१:४, काठमाडौँ

उत्तरपूर्वी भारतमा जातीय हिंसाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएपछि थप हिंसाबाट बच्न करिब २३ हजार मानिसले भागेर छिमेकी राज्यमा भागेका छन्।

मणिपुर राज्यमा गत हप्ता एक आदिवासी समूहले निकालेको विरोध प्रदर्शनमा झडप भएपछि सवारी साधन र घरहरूमा आगजनी भएको भन्दै अधिकारीहरूले अश्रुग्याँस प्रहार गरेपछि अशान्ति सुरु भएको थियो।

सेनाले म्यान्मारसँग सीमा जोडिएको राज्यमा हजारौं सैनिक तैनाथ गरेको छ भने कसैलाई हिंसात्मक गतिविधि फैलाउने ‘चरम अवस्थामा’ ‘देख्नेबित्तिकै गोली हान्ने’ आदेश जारी गरेको छ। द्वन्द्वग्रस्त क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो भने इन्टरनेट सेवा बन्द गरेको छ।

सेनाले आइतबार रातभर कुनै ठूलो झडप नभएको र चुराचन्दपुर जिल्लामा बिहान ७ देखि १० बजेको बीचमा कफ्र्यू हटाइएको जनाएको छ।

‘पछिल्लो २४ घण्टामा सेनाले हवाई निगरानी, युएभीको आवागमन र इम्फाल उपत्यकाभित्र सेनाको हेलिकप्टरको पुनः तैनाथीमार्फत निगरानी प्रयासमा उल्लेखनीय वृद्धि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

‘अहिलेसम्म कूल २३ हजार सर्वसाधारणलाई उद्धार गरिएको छ र उनीहरूलाई सैनिक शिबिरमा सारिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अधिकारीहरूले मृतकको आधिकारिक विवरण नदिए पनि राज्यको राजधानी इम्फाल र चुराचन्दपुरका अस्पतालका मुर्दाघरहरूमा जम्मा ५४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

आदिवासी समूहहरू राज्यको बहुसङ्ख्यक मेइतेई समुदायलाई ‘अनुसूचित जनजाति’ श्रेणीअन्तर्गत मान्यता दिने सम्भावनाप्रति असन्तुष्ट छन्।

यो पदनामले उनीहरूलाई संरचनात्मक असमानता र भेदभावलाई सम्बोधन गर्ने उद्देश्यले सकारात्मक कार्यको रूपमा सरकारी जागिर र कलेज भर्नाको निश्चित कोटा दिने गरेको छ।

भारतको उत्तरपूर्वमा दशकौंदेखि जातीय र पृथकतावादी समूहहरूले अधिक स्वायत्तता वा भारतबाट स्वतन्त्रताको माग गर्दै प्रदर्शनहरू हुँदै आएका छन् र सन् १९५० को दशकदेखि मणिपुरमा कम्तीमा ५० हजार मानिसहरू मारिएका छन्।

यी द्वन्द्वहरू वर्षौंदेखि कम हुँदै गएका छन् र धेरै समूहहरूले थप शक्तिका लागि नयाँ दिल्लीसँग सम्झौता गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .