ad ad

गण्डकी


गोरखाका नन्दप्रसाद गण्डकी प्रदेशसभामा कांग्रेसका मुख्य सचेतक

गोरखाका नन्दप्रसाद गण्डकी प्रदेशसभामा कांग्रेसका मुख्य सचेतक

नेपालखबर
बैशाख २४, २०८० आइतबार २१:७, काठमाडौँ

गोरखाका नन्दप्रसाद न्यौपाने गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस गण्डकीका प्रमुख सचेतक नियुक्त भएका छन्।

गण्डकी प्रदेशसभामा दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारलाई थाँति राखेर गोरखा १ ‘क’ बाट निर्वाचित न्यौपानेलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्। न्यौपाने गोरखा कांग्रेसका सभापति हुन्।

वैशाख १५ गते मुख्यमन्त्री नियुक्त हुँदा पाण्डेले माओवादी केन्द्रबाट गोरखाकी सुशीला सिम्खडा र स्याङ्जाकी सरस्वती अर्याललाई विना विभागीयमन्त्री नियुक्त गरेका थिए।

उनले वैशाख २१ गते विश्वासको मत पनि लिइसकेका छन्। विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरे पनि उनलाई मन्त्री छान्न सकस भइरहेको छ। गण्डकीमा हाल सात मन्त्रालय छन्।

कांग्रेसबाटै मन्त्रीको चाहना राख्नेहरु धेरै हुँदा मुख्यमन्त्री अल्मलिएका हुन्। मुख्यमन्त्री पाण्डे कसलाई मन्त्री बनाउने भन्ने परामर्शको लागि शीर्ष नेतृत्वसँग छलफल गर्न काठमाडौं गएका छन्।

शीर्ष नेतृत्वले जसलाई भन्छ,उसैलाई मन्त्री बनाउने उनको सोच देखिएको छ। मुख्यमन्त्री काठमाडौं गएसँगै मन्त्रीका आकांक्षीहरु पनि वातावरण निर्माणको लागि काठमाडौं लागेका छन्। 

अब यहाँ कांग्रेसले थप ३ जना मन्त्री पाउने अवस्था छ।

माओवादी केन्द्रले पनि थप दुई मन्त्रालय आफूले पाउनुपर्ने माग गरिरहेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि मन्त्री बन्ने चाहना व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .