ad ad

ग्लोबल


बेइबु गल्फमा छाडियो १० करोड माछा

बेइबु गल्फमा छाडियो १० करोड माछा

फाइल तस्बिर।


नेपालखबर
बैशाख २४, २०८० आइतबार ११:३२, काठमाडौँ

चीन र भियतनामका कृषि अधिकारीहरूले शनिबार दिउँसो बेइबु गल्फको पानीमा करिब १० करोड माछा छाडेका छन्।

दुई देशले संयुक्त रूपम बेइबु गल्फमा माछापालनका स्रोतहरू पुनर्स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको सीमावर्ती शहर फाङ्चेनगङ्मा भएको थियो।

यस वर्षको कार्यक्रमअन्तर्गत ब्ल्याक सी ब्रीम, येलोफिन सी ब्रीम र झींगा माछा लगायत आठ प्रजातिका जलीय जीवहरूलाई बेइबु गल्फको पानीमा छाडिएको थियो।

चीन-भियतनाम माछापालन सहयोगको लामो इतिहास रहेको र यस्तै अन्य क्षेत्रमा दुई देशबीचको सकारात्मक अन्तरक्रिया र सहयोगले दुवै पक्षका जनतालाई ठोस लाभ दिएको पनि कृषि तथा ग्रामीण मामिलाका उपमन्त्री मा यु छ्याङले बताएका छन्।

सन् २०१७ देखि चीन र भियतनामले बेइबु गल्फमा पाँचवटा समान कार्यक्रमहरू सञ्चालन गरेका छन् जसमा चीनद्वारा २२ करोड ६० लाखभन्दा बढी माछा र झिंगाहरू संरक्षण गरिएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .