अमेरिकास्थित टेक्सासको एक मलमा गोली चलेको छ।
एक बन्दुकधारीले टेक्सासको डलासको उत्तरमा रहेको एलेन सहरस्थित एउटा मलमा किनमेल गरिरहेका आठ जनामाथि गोली प्रहार गरी हत्या गरेको जनाइएको छ।
गोली चलेपछि त्यहाँ भागदौड मच्चिएको थियो भने मलबाट सयौँ मानिसहरू बाहिर सडकमा निस्किएका थिए। प्रत्यक्षदर्शीका अनुसार ग्राहकमाथि ती बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए।
बन्दुकधारीलाई प्रहरीले गोली हानी मारेको छ। घटनामा उनी एक्लै संलग्न रहेको र उनको पछाडि अन्य व्यक्ति संलग्न नरहेको अनुमान प्रहरीको छ।
घटनामा सात केही बालबालिकासहित ७ जना घाइते भएका छन्। जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
48
Shares

प्रतिक्रिया