बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक भएको छ।
वेस्टमिन्स्टर एबीमा भएको समारोहमा उनलाई क्याटरबरीका आर्कबिसपले मुकुट पहिर्याइदिएका हुन्। आर्कबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवर्डको मुकुट राजाको शिरमा लगाउँदै घोषणा गरे, ‘ईश्वरले राजाको रक्षा गरुन्!’
त्यस्तै, रानी क्यामिलियालाई पनि मुकुट पहिर्याइएको छ। सो समारोहमा दुई हजारभन्दा बढी अतिथिहरु उपस्थित छन्।
राज्याभिषेकलगत्तै विश्वनेताहरुले राजारानीलाई बधाई दिने क्रम सुरु भएको छ।
तस्बिरहरूः रोयटर्स
72
Shares
प्रतिक्रिया