ad ad

ग्लोबल


टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार

टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार

नेपालखबर
बैशाख १७, २०८० आइतबार ७:१६, काठमाडौँ

अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका ८ वर्षीय बालकसहित पाँच जनाको गोली हानी हत्या भएको छ।

एआर १५ बन्दुकले बन्दुकधारीले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ।

८ वर्षीय बालकलाई परिवारका सदस्यले सुताउने प्रयास गरिरहेका थिए। त्यहीबेला स्थानीय समयअनुसार राति ११:३० बजेतिर अचानक गोली चलेको बताइएको छ।

गोली लागेपछि पाँच जनाको घटनास्थलमै र बाँकी ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

गोली लागेर मृत्यु हुनेमा एक बालक र दुई महिलासहित ८ देखि ४० वर्ष उमेर समूहका छन्। 

सबैलाई टाउकोदेखि खुट्टासम्म पटकपटक गोली हानेको बताइएको छ।

हत्याको कारण नखुलेको र संदीग्धका रूपमा ३८ वर्षीय फ्रान्सिको ओ‌रोपेजा खोजी भइरहेको छ। सान ज्याकिन्टो काउन्टीले एफबीआईको सहयोगमा उनको खोजी गरिरहेको छ।

बन्दुकधारीको पहिचान भइसकेको र खोजी कार्य भइरहेको त्यहाँको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एबीसीन्यूजले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .