ad ad

ग्लोबल


टीभीमा अन्तर्वार्ता दिँदादिँदै बिरामी परे टर्कीका राष्ट्रपति

टीभीमा अन्तर्वार्ता दिँदादिँदै बिरामी परे टर्कीका राष्ट्रपति

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १८:५६,

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान लाइभ टेलिभिजनमा अन्तर्वार्ता दिँदादिँदै बिरामी परेका छन्।  

बिरामी भएपछि उनीबाट क्यामरा हटाएर अन्तर्वार्ताकारलाई देखाइएको थियो। तर, एकैछिनमा प्रशारण नै बन्द गरिएको थियो।

एर्दोगानले सोही स्थानमा बसेर आफूलाई चुनावी भागदौडका क्रममा पेटमा संक्रमण भएको बताउँदै गरेको भिडिओ सार्वजनिक भएको छ।

जसका कारण उनले आफ्नो चुनावी कार्यक्रमहरु रद्ध गर्नुपरेको छ।

पछि उनले आफू घरमै आराम गर्ने जनाउँदै ट्विट गरेका छन्र

टर्कीमा १४ मे का दिन संसदीय र राष्ट्रपतीय निर्वाचन हुँदैछ। एर्दोगानविरुद्ध ६ वटा पार्टीले गठबन्धन गरेका छन्। २० वर्षदेखि सत्तामा रहेका एर्दोगानलाई यसपटक हराउने उनीहरुको दाउ छ।

कतिपय चुनावी सर्वेक्षणहरुले उनीभन्दा विपक्षी नेता कमाल किलिकडारोग्लु अगाडि भएको जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .