ad ad

ग्लोबल


तालिबानद्वारा काबुल एयरपोर्ट बम विष्फोटमा संलग्न आईएस नेताको हत्या

तालिबानद्वारा काबुल एयरपोर्ट बम विष्फोटमा संलग्न आईएस नेताको हत्या

फाइल तस्बिर।


नेपालखबर
बैशाख १३, २०८० बुधबार ८:४६, काठमाडौँ

अफगानिस्तानको सत्तारुढ तालिबानले काबुल एयरपोर्टमा सन् २०२१ को विनाशकारी बम विष्फोटको योजना बनाएका इस्लामिक स्टेट समूहका मास्टरमाइन्डको हत्या गरेको छ। 

२०२१ अगस्टमा काबुलमा भएको बम विष्फोटमा १७० नागरिक र १३ अमेरिकी सैनिक मारिएका थिए। तालिबानले सत्ता हत्याएपछि देश छाड्न उनीहरू काबुल विमानस्थल पुगेका थिए। त्यहीबेला विमानस्थलमा बम पड्किएको थियो।

आईएस नेताको हत्या एक साता अघि नै भएको र अमेरिकी अधिकारीले भर्खरै मात्रै हत्या पुष्टि गरेको बीबीसीले जनाएको छ।

मारिने नेताको नाम खुलाइएको छैन। अमेरिकी अधिकारीहरूले गुप्तचरमार्फत आईएस नेता मारिएको बताएका छन्, यद्यपि यसबारे थप विवरण सार्वजनिक भएको छैन।

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकाले अप्रिलको सुरुमै हत्याबारे थाहा पाएको थियो। अखबारमा ती नेताको हत्या तालिबानले योजनावद्ध गरेको वा लडाइँ चलिरहेको बेला मारिएको भन्ने नखुलेको उल्लेख थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .