ग्लोबल


अमेरिकी राष्ट्रपति निर्वाचनमा पुन: उम्मेदवारी दिने बिडेनको घोषणा

अमेरिकी राष्ट्रपति निर्वाचनमा पुन: उम्मेदवारी दिने बिडेनको घोषणा

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १८:१६, काठमाडौँ

अमेरिकी राष्ट्रपति जोए बिडेनले राष्ट्रपति निर्वाचनमा पुन: उम्मेदवारी दिने घोषणा गरेका छन्। 

मंगलबार बिहान राष्ट्रपति बिडेनले आधिकारिक रूपमा भिडियो सन्देशमार्फत उम्मेदवारी घोषणा गर्दै भने, 'यो हाम्रो समय हो, यो जिम्मेवारी पूरा गरौँ, मलाई थाहा छ हामी सक्छौँ।'

उनले उपराष्ट्रपति कमला ह्यारिससहित पुन: एकपटक अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी दिने र मतदाताहरूले आफूहरूलाई जिताउनेमा आफू विश्वस्त रहेको बताए।

८० वर्षीय बिडेन अमेरिकाको राष्ट्रपति हुने सबैभन्दा वृद्ध व्यक्ति हुन्। उनले थप एक कार्यकाल राष्ट्रपतिमा दोहोरिने घोषणा गरे। उनले केही मतदातासँग परामर्श गरी आफूले पुन: राष्ट्रपतिमा दोहोरिने निर्णय गरेको बताएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमा ३ मिनेटको भिडिओ शेयर गर्दै चुनावी अभियानबारे जानकारी दिए। भिडिओको सुरुआत उनले 'स्वतन्त्रता' शब्दबाट गरेका छन्।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच महिनाअघि नै एक वर्षपछि हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad