अमेरिकाका सबैभन्दा चर्चित टीभी होस्टमध्येका एक टकर कार्लसनले फक्स न्युज छाडेका छन्।
फक्स न्युजले एक विज्ञप्ति जारी गर्दै सो नेटवर्क र कार्लसनबीच अलग हुने सहमति भएको जनाएको छ।
कार्लसनको अन्तिम टीभी कार्यक्रम २१ अप्रिलमा प्रशारण भइसकेको वक्तव्यमा उल्लेख छ।
तर, यो निर्णयको कारणबारे भने केही खुलाइएको छैन।
२०२० को चुनावमा भोटिक मेसिनसम्बन्धी मिथ्या समाचार प्रशारण गरेपछि फक्स न्युजले हालै झण्डै एक खर्ब रुपैयाँ बराबरको रकम तिरेर मुद्दा मिलाएको थियो।
त्यसको केही दिनपछि नै कार्लसनले सो नेटवर्क छाडेका हुन्।
पुरातनपन्थी राजनीतिक टिप्पणी गर्ने उनको शो पछिल्लो समय अमेरिकाको केबल टेलिभिजनमा दोस्रो उच्च रेटिङ प्राप्त गर्न सफल थियो।
18
Shares

प्रतिक्रिया