ad ad

ग्लोबल


भारतमा विषाक्त मदिरा सेवनबाट ४० जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवनबाट ४० जनाको मृत्यु

नेपालखबर
बैशाख ५, २०८० मंगलबार ८:१६, काठमाडौँ

भारतको पूर्वी राज्य विहारको मोतिहारीमा विषाक्त मदिरा सेवनबाट ४० जनाको मृत्यु भएको छ।

जयसिंहपुरमा बनेको मदिरा पूर्वी चम्पारण जिल्लाका चार वडाका पाँच प्रहरी चौकी क्षेत्रमा वितरण गरिएको थियो। उक्त मदिरा सेवन गरेका सबैको स्वास्थ्यमा समस्या देखिएको थियो। मदिरा सेवन गरेका २५ जनाको उपचार भइरहेकोमा  १४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा मदिरा स्पिरिटबाट बनेको खुलेको छ, जसमा मिथाइल मिसाइएको थियो।

एडीजी (सीआईडी) जितेन्द्र कुमारले सोमबार पत्रकार सम्मेलन गरी घटनाबारे जनाएका थिए। घटनास्थलबाट बरामद भएका सबै पदार्थको फरेन्सिक साइन्स ल्याबमार्फत अनुसन्धान भइरहेको र रिपोर्ट आएपछि अन्य तथ्य खुल्ने बताए। स्तरमा अनुसन्धान भइरहेको एडीजीले बताए । रिपोर्ट आएपछि अन्य तथ्य खुल्नेछ । 

अनुसन्धानका क्रममा तीन दिनमा १ सय ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रका अनुसार पाँच स्टेशन हाउस अफिसर र विभिन्न प्रहरी थाना र वडाका ९ कर्मचारीलाई निलम्बन गरिएको छ।

यसैबीच विहारका मुख्यमन्त्री नितिश कुमारले सोमबार पीडित परिवारलाई चार हजार आठ ८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन्। विषाक्त मदिराको सेवनबाट भारतमा यस्ता घटना बढ्दै गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .