ग्लोबल


राहुल गान्धीले छाडे सरकारी निवास

राहुल गान्धीले छाडे सरकारी निवास

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १६:५७, काठमाडौँ

सुरत अदालतको फैसलापछि लोकसभाको सदस्यता गुमाएका कांग्रेस नेता राहुल गान्धीले शुक्रबार आफ्नो सरकारी निवास खाली गरेका छन्।

समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार राहुल गान्धीको १२, तुघलक लेन निवासबाट निस्किरहेको देखिन्छ। 

लोकसभा सचिवालयका उपसचिव मोहित राजनले मार्च २७ मा जारी गरेको पत्रमा राहुल गान्धीलाई सांसदको रूपमा दिइएको सरकारी आवास खाली गर्न एक महिनाको सूचना दिइएको थियो।

पत्रमा भनिएको थियो, ‘उनीहरूले पहिलेका शर्तहरू अनुसार १२, तुघलक लेनको आवंटित बंगला अधिकतम एक महिना अर्थात् अप्रिल २२, २०२३ सम्म राख्न सक्नेछन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad