कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हालै हुक्का सेवनले वयस्कहरूमा मुटुरोगको जोखिम बढाउने बताएका छन् ।
यो क्षेत्रभरि हुक्का सेवन गर्नुलाई सामाजिक प्रतिष्ठासँग हेर्ने चलन पनि रहेको छ।
कतार युनिभर्सिटीको कलेज अफ मेडिसिनमा आधारभूत स्वास्थ्य विज्ञानका सह–प्राध्यापक सुसु जुगियरले गरेको अध्ययनमा कतारमा रहेका एक हजारभन्दा बढी बयस्क सहभागीको तथ्याङ्क विश्लेषण गरिएको कतार युनिभर्सिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सानै उमेरमा हुक्का सेवन गर्दा मुटुरोगको जोखिम अझै बढी हुने पनि अध्ययनले देखाएको छ।
अध्ययनले शिशा धुम्रपानको स्वास्थ्य परिणामको समझमा महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ।
कतारमा मात्रै होइन तर अन्य देशहरूमा पनि सार्वजनिक स्वास्थ्य चिन्तालाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई यो अध्ययनले उजागर गरेको बताइएको छ।
18
Shares

प्रतिक्रिया