अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जेल नै जानुपर्नेगरी अपराध नगरेको बताएकी छन्।
उनले आफूलाई ट्रम्पले आफूलाई पैसा भुक्तान गर्नु जेल हाल्नपर्ने अपराध नभएको बताएकी हुन्।
उनले भनिन्, 'मलाई लाग्दैन कि मविरुद्धको उनको अपराध जेलमा हाल्न उपयुक्त छ।'
तर, अर्को सुनुवाइमा बयान दिन बोलाइए आफू पक्कै जाने उनले बताइन् ।
ट्रम्पमाथि सन् २०१६ कोन राष्ट्रपति चुनाव प्रभावित पार्न डेनियललाई मौन बस्न १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप छ। ट्रम्पले उक्त रकम अफेयर सार्जनिक नगर्न दिएको आरोप छ।
उनीमाथि गम्भीर प्रकृतिका ३४ मुद्दा लागेका छन्। अभियोग पुष्टि भएमा उनलाई अधिकतम् ४ वर्षको जेल सजाय हुनसक्छ।
105
Shares
प्रतिक्रिया