ग्लोबल


ट्विटरले फेर्‍यो लोगो, नीलो चरा हटाएर राखियो कुकुर

ट्विटरले फेर्‍यो लोगो, नीलो चरा हटाएर राखियो कुकुर

नेपालखबर
चैत २१, २०७९ मंगलबार १०:२५, काठमाडौँ

सामाजिक सञ्जाल ट्विटरको लोगो फेरिएको छ।

ट्विटरका मालिक एल‍न मस्कले उक्त प्लेटफर्मको लोगोबाट चरो हटाएर कुकुर राखेका छन्।

सोमबार रातिदेखि ट्विटरमा चरोको लोगो हटेर कुकुर देखिन थालेको हो। मस्कले लोगो परिवर्तन गरेको पुष्टि गरेका छन्।

सन् २००६ देखि सञ्चालनमा आएको ट्विटरको लोगो फेरिएको यो पाँचौँपटक हो।

सुरुमा चरोको लोगो राखिएकोमा ०७, ०९, ०१० र ०१२ मा लोगो फेरिएको थियो। यी चारैपटक ट्विटरको लोगोमा समानता भने थियो। ती सबै चरोकै लोगो थिए, मात्रै प्रकार फरक थिए।

११ वर्ष पछि फेरिएको नयाँ लोगोमा पहिलोपटक चरोबाहेक अन्य जनावर राखिएको हो।

ट्विटर किनेपछि गत फेब्रुअरी १४ मा मस्कले ट्विटरको सीईओको कुर्सीमा कुकुरको फोटो राखी नयाँ सीईओ बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad