ad ad

ग्लोबल


अदालती सुनुवाइअघि न्युयोर्क पुगे ट्रम्प, आत्मसमर्पण गर्ने तयारी

अदालती सुनुवाइअघि न्युयोर्क पुगे ट्रम्प, आत्मसमर्पण गर्ने तयारी

नेपालखबर
चैत २१, २०७९ मंगलबार ८:४६, काठमाडौँ

निवर्तमान अमेरिकी प्रधानमन्त्री डोनाल्ड ट्रम्प न्युयोर्कस्थित ट्रम्प टावर पुगेका छन्।

अदालती सुनुवाइ मंगलबार हुँदैछ। सुनुवाइ अघिल्लो रात उनले ट्रम्प टावरमा बिताउने बताइएको छ। 

ट्रम्पमाथि लगाइएको अभियोग के हो भनेर खुलाइएको छैन। मङ्गलवारसम्म उक्त अभियोगलाई ‘सिल’ गरेर राखिने र त्यसपछि मात्रै त्यसलाई औपचारिक रूपमा सार्वजनिक गर्ने बताइएको छ।

यद्यपि, बीबीसीले दाबी गरेअनुसार ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनमार्फत वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएको विषयमा उनीविरुद्ध मुद्दा परेको हो।

बिहीवार एउटा ग्रान्ड जुरीले ट्रम्पमाथि अभियोग लगाउने निर्णय लिएको थियो। जसअनुरुप मंगलबार सरकारी अभियोजनहरूले उनीविरुद्ध ‘इन्डाइटमेन्ट’ अर्थात् एउटा औपचारिक लिखित अभियोग अघि सार्नेछन्।

मङ्गलवारसम्म उक्त अभियोगलाई ‘सिल’ गरेर राखिनेछ र त्यसपछि मात्रै त्यसलाई औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

ट्रम्पले भने आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्। ग्रान्ड जुरीले अभियोग लगाउने निर्णय गरेपछि सोमबार न्युयोर्क पुगेका उनले मंगलबार आत्मसमर्पण गर्ने बताइएको छ।

उनीविरुद्धको मुद्दाको सुनुवाइ स्थानीय समयअनुसार मंगलबार दिउँसो २:१५ देखि सुरु हुनेछ।

गएको १९ मार्चमा ट्रम्प आफैले एक साताभित्र आफू पक्राउ पर्नसक्ने जानकारी सामाजिक सञ्जालमार्फत गराएका थिए। त्यसको दुई सातापछि मात्रै उनीविरुद्ध मुद्दा चलाउने निर्णय भएको हो।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावको दौरान स्टेफिनी र ट्रम्पको अफेयरको चर्चा भएको थियो। ट्रम्पसँग अंगालो मारेको तस्वीर सार्वजनिक भएपछि उनलाई उनलाई मिडियाले त्यसबारे सोध्दा उनले बोल्न मानेकी थिइनन्।

तर सन् २०१९ मा उनले एक अन्तरवार्तामा सन् २००६ मा ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको बताएकी थिइन्। उनले त्यसबारेमा नबोल्नका लागि ट्रम्पले आफूलाई १ लाख ३० हजार डलर दिएको बताएकी थिइन्।

अमेरिकी इतिहासमै ट्रम्प फौजदारी मुद्दाको सामना गर्ने पहिलो पूर्वराष्ट्रपति हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .