ad ad

ग्लोबल


टोर्नाडो आँधीमा परी अमेरिकामा २१ जनाको मृत्यु

टोर्नाडो आँधीमा परी अमेरिकामा २१ जनाको मृत्यु

नेपालखबर
चैत १९, २०७९ आइतबार १०:५०, काठमाडौँ

संयुक्त राज्य अमेरिकाको दक्षिणी र मध्यपश्चिमका सहरमा आएको टोर्नाडो आँधीमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ। आँधीमा दर्जनौँ घाइते भएका छन्।

मृत्यु हुनेमा टेनेसी राज्यका सात, अर्कान्सासका पाँच र इलिनोइसका चारजना छन्। अन्य पाँच जना इन्डियाना, अलाबामा र मिसिसपी राज्यका रहेको बताइएको छ।

शुक्रबार राति आएको आँधीले ८ राज्य प्रभावित बनेका छन्। आँधीले धेरै घर र व्यवसायीक क्षेत्रमा असर पुगेको छ। दक्षिणी मैदानका जंगलमा आगलागी लागेको छ भने उत्तरी क्षेत्रमा हिमपात भएको छ।

आँधीले विद्युत प्रसारणमा क्षति पुग्दा १० औँ हजार मानिस अँध्यारोमा बस्न बाध्य छन्। ८ करोड ५० लाख मानिस आँधीबाट प्रभावित भएको समाचार एजेन्सी अलजजीराले जनाएको छ।

अर्कानान्सका गभर्नर साराह हुकाबीले राज्यमा संकटकाल घोषाणा गर्दै उद्वार र राहतका लागि १०० सदस्यीय सक्रिय टोली गठन गरेका छन्।

२०२३ मा मात्रै अमेरिकामा टोर्नाडो आँधीका कारण २७१ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .