ad ad

ग्लोबल


म सावरकर होइन, गान्धी हुँ र गान्धीले माफी माग्दैनन् : राहुल

म सावरकर होइन, गान्धी हुँ र गान्धीले माफी माग्दैनन् : राहुल

नेपालखबर
चैत ११, २०७९ शनिबार १७:३२, काठमाडौँ

कांग्रेस नेता राहुल गान्धी लोकसभाको सदस्यता खारेज भएपछि पहिलो पटक मिडियामा देखा परेका छन्। शनिबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको अदानी समूहसँगको सम्बन्धलाई लिएर फेरि एकपटक कडा प्रश्न उठाए।

पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री मोदी र व्यापारी अदानीबीचको सम्बन्धलाई लिएर आरोप लगाए। अदानी समूहका कम्पनीहरूबाट प्राप्त रकमको बारेमा पनि उनले प्रश्न उठाए।

उनले भने, 'मेरो सदस्यता रद्द गरियो किनभने प्रधानमन्त्री संसद्‌मा मेरो अर्को (सम्भावित) सम्भोधनबाट डराएका थिए। उनी अदानीमाथि हुने अर्को भाषणबाट डराएका थिए। मैले उनको आँखामा देखेको थिएँ। उनी चाहँदैनन् त्यो भाषण संसदमा होस्।'

राहुल गान्धीले भने, 'त्यसैले पहिले (संसदको कार्यवाही) अवरुद्ध भएको थियो। अहिले सदस्यता रद्द गरिएको छ। कृपया यसमा भ्रममा नपर्नुहोस्। नरेन्द्र मोदी र अदानीबीच घनिष्ठ सम्बन्ध छ।'  आफ्नो बयानका लागि अदालतमा माफी माग्ने प्रश्नमा राहुल गान्धीले भने, 'म सावरकर होइन, म गान्धी हुँ र गान्धीले माफी माग्दैनन्।' 

भारतीय स्वतन्त्रता सेनानी  विनायक दामोदर सावेकरले स्वतन्त्र भारत अभियान सञ्चालन गरेका थिए। त्यही अभियोगमा जेल परेका उनले अँग्रेज सरकारसँग माफी मागेपछि जेलबाट छुटेका थिए।

पत्रकार सम्मेलनकै क्रममा भावुक हुँदै राहुल रोए पनि। उनले बीजेपी समर्थक केही पत्रकारको नाम लिएर विरोध गर्दै भने, ‘पहिले मेरो काम गर। बीजेपीलाई समर्थन गर्छौ भने भाजपाको बिल्ला लगाएर आऊ र आफूलाई पत्रकार नभन।'

पत्रकार सम्मेलनमा गान्धीले अदालतको निर्णयबारे कुनै पनि टिप्पणी गरेनन्। भने, 'यो मुद्दा अदालतको हो र म यसबारे यहाँ कुरा गर्दिनँ।'

जवाफमा बीजेपीले पनि पत्रकार सम्मेलन गरेर राहुल गान्धीले लगातार झुट बोलेको आरोप लगाएको छ।

भाजपा नेता रविशंकर प्रसादले झुट बोल्नु राहुल गान्धीको स्वभाव भएको बताएका छन्। राहुलले सधैं भारतको अपमान गरेर विदेशमा अफवाह फैलाइरहेको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .