दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको जापान भ्रमणअघि उत्तर कोरियाले बिहीबार बिहान लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ।
दक्षिण कोरियाका राष्ट्रपति येओल टोकियोमा हुने शिखर सम्मेलनमा सहभागी हुन जापान जाँदैछन्। यही बेला उत्तर कोरियाले मिसाइल प्रहार गरेको आरोप दुवै देशको छ।
स्थानीय समयअनुसार बिहीबार बिहान ७:२५ मा प्योङयाङबाट ब्यालेस्टिक मिसाइल कोरियाली प्रायद्वीपको पूर्वी समुद्री क्षेत्रमा उडेको दक्षिण कोरियाको सेनाले जनाएको छ।
जापानी रक्षा मन्त्रालयले पनि मिसाइल प्रक्षेपण भएको पुष्टि गर्दै उक्त मिसाइल जापानको टापुबाट २५० किलोमिटर टाढा खसेको जनाएको छ। ६ हजार किलोमिटरभन्दा बढीको उचाइमा करिब प्रतिघण्टा १ हजार किलोमिटर गतिमा मिसाइल उडेको जापानले बताएको छ।
उत्तर कोरियाले पछिल्लो समय फेब्रुअरी १८ मा लामो दूरीको मिसाइल प्रहार गरेको थियो। उक्त प्रहारपछि संयुक्त राष्ट्र संघले आपतकालीन बैठक डाकी घटनाको निन्दा गरेको थियो।
पछिल्लो एक वर्षको अवधिमा मात्रै उत्तर कोरियाले चार पटक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ।
उत्तर कोरियाले गरिरहेको मिसाइल प्रहार संयुक्त राष्ट्रसंघका नेताविरुद्ध भएको दाबी दक्षिण कोरियाले गरेको छ। मिसाइल प्रहारपछि जापान र अमेरिकासँग बलियो सुरक्षाका लागि पनि दक्षिण कोरियाले अपिल गरेको छ।
मिसाइल प्रहार भएपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउन दक्षिण कोरियाले माग समेत गरेको छ।
Shares
प्रतिक्रिया