ad ad

ग्लोबल


लड्डुले बिहारको संसद परिसरमा भाजपा र आरजेडी सांसदबीच धक्कामुक्की

लड्डुले बिहारको संसद परिसरमा भाजपा र आरजेडी सांसदबीच धक्कामुक्की

नेपालखबर
चैत १, २०७९ बुधबार १५:२३, काठमाडौँ

बिहार विधासभा बाहिर भारतीय जनता पार्टी र राष्ट्रिय जनता दलका सांसदहरु एकआपसमा कुटाकुटमा उत्रिएका छन्। 

मंगलवार विधानसभाको बैठकका क्रममा माइक तोडेपछि भाजपा विधायक लखेन्द्र पासवानलाई दुई दिनका लागि निलम्बन गरिएको थियो। 

भाजपा विधायकहरु यसलाई ‘लोकतन्त्रको हत्या’ बताउँदै बधुबार पनि विरोध प्रदर्शनमा उत्रिएका थिए। 

यसक्रममा आरजेडीका विधायक प्रदर्शन गरिरहेका भाजपा विधायकनजिक लड्डु लिएर पुगे। यिनै लड्डु देखेपछि भाजपा विधायक भड्किए। त्यहीक्रममा दुवै पक्षका विधायकहरुबीच धक्कामुक्की र विवाद सुरु भयो। 

आरजेडी विधायक ‘ल्यान्ड फर जब’ मामिलामा लालुप्रसाद यादव, राबडी देवी र उनकी छोरी मिसा भारतीलाई दिल्लीको राउज एभेन्यु अदालतबाट जमानत मिलेपछि भाजपा विधायकबीच लड्डु बाँड्न पुगेका थिए।

बिहारका पूर्व मुख्यमन्त्री तथा सन् २००४-०९ सम्म केन्द्रीय रेल मन्त्री रहेका लालुमाथि सीबीआईले रेलवेमा जागिरको बदला जमिन लिएको आरोप लगाएको छ।

यस मामिलामा सीबीआईले लालु र राबडी देवीसहित आरजेडीका कयौँ नेता र लालुका नातागोतासँग पनि सोधपुछ गरिरहेको छ। 

यसबीचमा इडी अर्थात प्रवर्तन निर्देशालयले पनि लालु र उनका छोरा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवसमेत आरजेडीका कयौँ नेता र नातेदारको घरमा खानतलासी गरिसकेको छ। 

बिहारको सत्तामा रहेको महागठबन्धन लगातार सीबीआई र इडीको यस कारवाहीलाई लिएर केन्द्र सरकारमाथि केन्द्रीय एजेन्सीको दुरुपयोगको आरोप लगाइरहेका छन्।

यही क्रममा अदालतबाट जमानत मिलेपछि मिठाइ बाँड्न पुगेका आरजेडी विधायक केसरी यादवसँग भाजपा विधायकको धक्कामुक्का भएको हो। त्सक्रममा लड्डु जमिनमा खस्यो। तर कुटाकुटको अवस्था आउन नदिइ त्यहाँ उपस्थित अन्यले अवस्थालाई शान्त बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .