ad ad

ग्लोबल


किभ पुगे राष्ट्रसंघीय महासचिव, युक्रेनी राष्ट्रपतिसँग वार्ता

किभ पुगे राष्ट्रसंघीय महासचिव, युक्रेनी राष्ट्रपतिसँग वार्ता

नेपालखबर
फागुन २४, २०७९ बुधबार १९:२४, काठमाडौँ

राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ।

उनीहरुबीच बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन्।

राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिएका थिए।

उनले मंगलबार महासचिव गुटरेस पोल्याण्ड रहेको बताउँदे बुधबार किभ पुगेर भेटवार्ता हुने भएको जानकारी दिएका थिए। 

भेटवार्ताका क्रममा युक्रेन र रुसबीच सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताबारे कुराकानी हुने अनुमान गरिएको थियो।

गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ।

खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीहरुको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .