ग्लोबल


मस्कोनजिकै खस्यो युक्रेनी ड्रोन, रूसले यसो भन्यो

मस्कोनजिकै खस्यो युक्रेनी ड्रोन, रूसले यसो भन्यो

नेपालखबर
फागुन १७, २०७९ बुधबार ११:४१, काठमाडौँ

रूसको राजधानी मस्को नजिकैको क्षेत्रमा एउटा ड्रोन दुर्घटनामा परेर खसेको छ।

घटनापछि ड्रोन खसेको क्षेत्रमा मेयरले यसलाई सहरको कुनै बाक्लो बस्तीमाझ आक्रमण गर्ने उद्धेश्यसहित यसलाई पठाइएको अनुमान गरेका छन्।

आक्रमण प्रयासका लागि गन्तव्य खोजिरहेका बेला यो ड्रोन दुर्घटनामा परेको अनुमान गरिएको छ। 

गभर्नर आन्द्रे वोरोब्योभको यो भनाइ जब रुसी रक्षा मन्त्रालयले दुई युक्रेनी ड्रोन खसालेको जानकारी दियो तब आएको हो। 

तर रूसी भूमिभित्र आक्रमणलाई लिएर युक्रेनले कुनै जिम्मेवारी लिएको छैन।

यो ड्रोन खसेको स्थाननजिकै रूसको सरकारी ऊर्जा कम्पनी ग्याजप्रोमको एउटा शाखा छ। यो स्थान मस्कोबाट केबल १०० किलोमिटर दूरीमा छ।

ग्याजप्रोमले रूसको समाचार एजेन्सी नोभोस्तीलाई बताएअनुसार कोलोमना जिल्लामा कम्पनीको काममा कुनै अवरोध आएको छैन।

आन्द्रे वोरोब्योभले टेलिग्राममा लेखेका छन्, 'ड्रोनको निशाना कोलोमनामा सम्भवत: एक बाक्लो वस्तीयुक्त क्षेत्र थियो। तर सम्भावित क्षति टरेको छ। कुनै किसिमको धनमालको पनि नोक्सान भएको छैन। रूसको सेक्युरिटी सर्भिस र अरु एजेन्सीले यसबारे जाँच गरिरहेका छन्।'

रूसी सञ्चारमाध्यम र अधिकारीहरुको तर्फबाट जारी गरिएको फोटोमा यो ड्रोन रुखरुहरुको बचीमा खसेको देख्न सकिन्छ। जसको वरपर बाक्लो हिउँ पनि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad