थाइल्यान्डका एक लागुऔषध व्यापारी प्रहरीबाट जोगिन अनेक पटक प्लास्टिक सर्जरी गरेर ‘कोरियाली व्यक्तिजस्तो’ बनेका छन्। तर, त्यति गर्दा पनि उनी प्रहरीबाट जोगिन भने सकेनन्। पक्राउ परिछाडे।
सहारत सवाङजेङले आफ्नो नाम पनि फेरेर सेआङ जिमिन राखेका थिए। गत साता उनी ब्यांककमा पक्राउ परेका हुन्।
यी २५ वर्षीय व्यक्तिलाई प्रहरीले तीन महिनादेखि खोजिरहेको थियो।
तर, उनले बेचेको लागुऔषध पिछा गर्दै जाँदा उनी पक्राउ परेका थिए।
साक्षीहरुले उनलाई ‘सुन्दर कोरियाली युवा’ भनेर वर्णन गरेका थिए।
पक्राउ पर्दा उनले आफू थाइल्यान्डमा दिक्क लागेर कोरियामा नयाँ जीवन सुरु गर्न चाहेको बताएका छन्।
यसअघि तीन पटक गरी उनी तीन वर्ष जेल बसिसकेका छन्। पछिल्लो पटक उनी हिरासतबाट भाग्न सफल भएका थिए। त्यसपछि उनले प्लास्टिक सर्जरी गरेका थिए। बीबीसी
Shares

प्रतिक्रिया