ग्लोबल


ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का

ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का

भूकम्पको केन्द्रविन्दु भएको क्षेत्र थोरै जनसंख्या भएको छ तर लेक सारेज (चित्र) को घर हो। फाइल तस्बिर: नासा


नेपालखबर
फागुन ११, २०७९ बिहिबार ९:२९, काठमाडौँ

चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ। आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

भूकम्पको धक्का चीनमा पनि महसुस गरिएको छ। 

भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम सिमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको र सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा तीव्र रूपमा महसुस गरिएको थियो।

सीसीटीभीका अनुसार भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत उचाइ ४,६५५ मिटर (१५,३०० फिट) रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad