ग्लोबल


हरियाणामा उत्तर भारतको पहिलो परमाणु ऊर्जा संयन्त्र बन्दै

हरियाणामा उत्तर भारतको पहिलो परमाणु ऊर्जा संयन्त्र बन्दै

नेपालखबर
फागुन ७, २०७९ आइतबार ८:४, काठमाडौँ

हरियाणाको फतेहाबाद जिल्लाको गोरखपुर गाउँमा उत्तर भारतको पहिलो आणविक उर्जा केन्द्र स्थापना गरिने भएको छ। यो क्षेत्र दिल्लीबाट करिब १५० किलोमिटर टाढा छ। 

केन्द्रीय विज्ञान तथा प्रविधि राज्यमन्त्री जितेन्द्र सिंहले शनिबार यो जानकारी दिएका हुन्। प्लान्ट स्थापनाको काम तीव्र गतिमा भइरहेको उनले बताए।

अधिकांश आणविक ऊर्जा संयन्त्र देशका दक्षिणी र पश्चिमी राज्यमा थिए। अब अन्य राज्यमा पनि प्लान्ट स्थापना गरिने भएको हो। 

यसबारे जानकारी दिँदै राज्यमन्त्री जितेन्द्र सिंहले भारतको आणविक क्षमता बढाउन विगत आठ वर्षमा धेरै क्रान्तिकारी निर्णय भएको बताए।

उनले मोदी सरकारले १० वटा आणविक रिएक्टर स्थापना गर्न व्यापक स्वीकृति दिएको बताए। यसका साथै विद्युत् आयोजना निर्माणका लागि सार्वजनिक क्षेत्रका संस्थासँग संयुक्त लगानी गर्न पनि अनुमति दिइएको छ।

उनले गोरखपुर हरियाणा परमाणु ऊर्जा परियोजनाको बारेमा जानकारी दिए। स्वदेशी डिजाइनमा बनेका प्रेसराइज्ड हेभी वाटर रिएक्टरसहित ७ सय मेगावाट क्षमताका दुई युनिट रहेको उनले बताए।

गोरखपुर नजिकै यसको काम भइरहेको छ। यसका लागि कूल भारु २०५९४ करोड विनियोजन गरिएको थियो, जसमध्ये रु ४९०६ करोड खर्च भइसकेको र कूल वित्तीय प्रगति २३.८ प्रतिशत छ। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad