ad ad

ग्लोबल


अमेरिकाले फेरि खसाल्यो आकाशमा उडिरहेको अर्काे शंकास्पद वस्तु

अमेरिकाले फेरि खसाल्यो आकाशमा उडिरहेको अर्काे शंकास्पद वस्तु

नेपालखबर
फागुन १, २०७९ सोमबार १०:१, काठमाडौँ

अमेरिकी लडाकु विमानले आफ्नो देशको सिमानामा अर्को उड्ने वस्तुलाई खसालेको छ।

अमेरिकाले पछिल्लो एक हप्तायता आफ्नो देशको आकाशमा उडिरहेको वस्तु खसालेको यो चौथोपटक हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनको आदेशपछि सोमबार बिहान क्यानडाको सीमा नजिक हुरोन तालमा लडाकु विमानहरूले यो उडान वस्तुलाई खसालेका हुन्। 

अमेरिकाले २० हजार फिटको उचाइमा उडेको उक्त वस्तुले हवाई उडानमा अवरोध गर्न सक्थ्यो।

यस्तै एउटा वस्तु शनिबार मोन्टाना नजिक देखिएको थियो। रक्षा अधिकारीहरूका अनुसार उक्त वस्तु मानवरहित थियो र यसले कुनै सैन्य खतरा उत्पन्न गरेको थिएन। यो वस्तुलाई एफ–१६ लडाकु विमानले खसालेको हो।

यसअघि फेब्रुअरी ४ मा अमेरिकाको आकाशमा एउटा बेलुन देखिएको थियो, जसलाई अमेरिकी सरकारले चीनको जासुसी बेलुन भनेको थियो।

यस विषयमा चीनले यो मौसमको जानकारी सङ्कलन गर्न पठाइएको बेलुन भएको बताएको थियो, जसले बाटो बिराएको थियो। 

शंकास्पद बेलुनका कारण अमेरिका र चीनबीच तनाव बढेको थियो र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो चीन भ्रमण रद्दसमेत गरेका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .