ग्लोबल


टर्कीको भूकम्पमा ज्यान गुमाउनेको संख्या ७८०० नाघ्यो

टर्कीको भूकम्पमा ज्यान गुमाउनेको संख्या ७८०० नाघ्यो

फाइल।


नेपालखबर
माघ २५, २०७९ बुधबार ८:५५, काठमाडौँ

सोमबार बिहान टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा अहिलेसम्म ७ हजार ८ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८ सय ९४ र सिरियामा १ हजार ९३२ जनाको मृत्यु भएको छ।

दक्षिणी टर्की र उत्तरी सिरियामा व्यापक उद्धार कार्य जारी छ।उद्धारकर्ताहरूले पीडितहरूलाई बचाउन सक्दो प्रयास गरिरहेको समाचारमा उल्लेख गरिएको छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव आएको बताएका छन्। 

अर्दोनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यवाद समेत दिएको समाचारहरुमा उल्लेख गरिएको छ।

यससँगै उनले देशका दक्षिणका १० प्रदेशमा तीन महिनाका लागि सङ्कटकाल घोषणा गरिएको जानकारी गराएका छन्। 

मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ।

विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .